नेपाल बौद्ध परियत्ति शिक्षाको नतिजा प्रकाशन

अखिल नेपाल भिक्षु महासंघद्वारा ५२ वर्षदेखि संचालन भइरहेको नेपाल बौद्ध परियत्ति शिक्षाको बु.सं. २५५९ (वि.सं. २०७२) वर्षको माघ महिनामा संचालित प्रारम्भिक प्रथम वर्ष (कक्षा १) देखि प्रवेश तृतीय वर्ष (कक्षा ६) सम्मको परीक्षाकोे परीक्षाफल प्रकाशित भएको छ । परीक्षा परिणाम अनुसार ६५ वटा केन्द्रकाे  नियमित  परीक्षामा २२२० परीक्षा दिएकाेमा २०४९ विद्यार्थी उत्तीर्ण भएका छन् भने  […]

बुटवलमा परियत्ति प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

 बालबालिकाहरूमा बुद्ध शिक्षाको माध्यमबाट नैतिक आचरण प्रर्वधन गर्न सक्ने दक्ष प्रशिक्षक बनाउने उद्देश्यलाई समेटी नेपाल बौद्ध परियत्ति शिक्षाद्वारा फागुण २३ देखि २५ गतेसम्म अन्तराष्ट्रिय बुद्ध परियत्ति उदय विहार, बुटवलमा ‘प्रशिक्षक प्रशिक्षण तालिम’ सम्पन्न भएको छ । तालिममा ललितपुर, बारा, सुनसरी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्यान्जा, बाँके र सुर्खेत गरी दश बटा जिल्लाका ३८ जना सहभागी […]

परियत्ति प्रेरणा पुरस्कार वितरण

२०७२-०४-१५ आनन्दकुटी विहार, आनन्दकुटी विहारमा सञ्चालन भइरहेको अमृत बौद्ध परियत्ति शिक्षालयले आफ्नो परियत्ति शिक्षाको उपलब्धिको रुपमा बु.सं. २५५८ औं परियत्ति प्रेरणा पुरस्कार वितरण कार्यक्रमको आयोजना सफलता पूर्वक समपन्न गर्यो । परियत्ति बिद्यार्थी समिक्षा बस्नेतबाट संचालित सो कार्यक्रममा श्रद्धेय भिक्षु पञ्ञामूर्ति महास्थविर तथा श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविरबाट दिप प्रज्वोलन गरी सुभारम्भ गर्नु भएको थियो । साथै […]

५२ औं परियत्ति दिक्षान्त समारोह सम्पन्न

२०७१ चैत्र २८ गते । श्रीलंकाका महामहिम राजदूत W.M. Senevirathna को प्रमुख आतित्थ्यमा बु.सं. २५५८ वर्षको ५२ औं समूहको दीक्षान्त तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सो कार्यक्रम अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष र नेपाल बौद्ध परियत्ति शिक्षाका शिक्षाध्यक्ष अग्गमहापण्डित डा.भिक्षु ज्ञानपूर्णिक महास्थविरको सभापतित्वमा सम्पन्न भएको छ । बोधिचर्या विहार, बनेपाका परियत्ति विद्यार्थीहरुबाट स्वागत गानबाट शुरु […]

परियत्ति विद्यार्थीहरुलाई प्रेरणा पुरस्कार

भाद्र १४, २०७१ । धापाखेल-१, ललितपुर । धापाखेलस्थित धापाखेल बुद्ध विहारमा बु. सं. २५५७ मा उर्त्तिणभएका परियत्ति विद्यार्थीहरुलाई प्रेरणा पुरस्कार वितरण कार्यक्रम विहारकै धम्म हल भित्र अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रका कम्मट्ठानाचार्य सयादो ऊ. ञाणुज्जोताभिवंसको प्रमुख आतित्थमा सम्पन्न भयो । कार्यक्रमको सभापतित्व विहारका अध्यक्ष बुद्धि बहादुर महर्जनले गर्नुभयो । प्रमुख अतिथि सयादो ऊ. ञाणुज्जोताभिवंसबाट पञ्चशील प्रदान […]

अमृत बौद्ध परियत्ति शिक्षालयमा प्रेरण पुरस्कार

आनन्दकुटी विहारमा संचालन भैरहेको अमृत बौद्ध परियत्ति शिक्षालयमा २०७० सालमा नेपाल बौद्ध परियत्ति शिक्षालयबाट लिएको परिक्षामा उर्तिण भएकाहरु बिद्यार्थीहरुलाई अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविर तथा नेपाल बौद्ध परियत्ति शिक्षाका केन्द्रीय सह परीक्षा नियन्त्रक भिक्षु प्रज्ञारत्न स्थविर बाट प्रेरण पुरस्कार वितरण सम्मपन्न भयो । उक्त कार्यक्रममा जम्मा ४३ जनाले प्रेरणा पुरस्कार लिनु […]

डीएभी स्कूलमा पुरस्कार वितरण

 २०७१ श्रावण २७ गते मंगलबार ।, श्रीलंकाका महामहिम राजदूत W.M.Sinewirathana काे प्रमुख अातित्थ्यत्वमा प्रेरणा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बाेधिज्ञान महास्थविरसमक्ष पञ्चशील प्रार्थनाबाट शुरू भएकाे उक्त कार्यक्रममा परियत्ति शिक्षक पमित खडगीले स्वागत गर्नुभएकाे थियो । परियत्तिकाे महत्व सम्बन्धी बेलायतबाट पाल्नु भएका भिक्षु सुमन, बाैद्ध महिला संघका अध्यक्षा डा. केशरीलक्ष्मी मानन्धर, […]

अमृत बाैद्ध परियत्ति, अानन्दकुटी विहारमा परियत्ति प्रेेरणा पुरस्कार वितरण हुने

अमृत बाैद्ध परियत्ति, अानन्दकुटी विहारमा परियत्ति प्रेेरणा पुरस्कार वितरण समाराेह २०७१ भाद्र ७, शनिबार हुने। स्थानः अानन्दकुटी विहार, स्वयम्भू

बुलुमा परियत्ति प्रेरणा पुरस्कार

 बाैद्ध शान्ति परियत्ति केन्द्र, बुलुमा परियत्ति शिक्षाकाे २०७० सालमा उत्तीर्ण भएका विद्यार्थीहरूलार्इ भिक्षु बुद्धपियाेको सभापतित्व तथा  नेपाल बाैद्ध परियत्ति केन्द्का केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरकाे प्रमुख अातिथ्यत्वमा २०७१ श्रावण २५ गते प्रेरणा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा सलिना महर्जन, शिलु महर्जन बाट परियत्ति सम्बन्धमा अाफ्नो अनुभव भनेका थिए भने कार्यक्रम संचालन  जयन्ती महर्जनबाट गरिएका […]