बाैद्ध शान्ति परियत्ति केन्द्र, बुलुमा परियत्ति शिक्षाकाे २०७० सालमा उत्तीर्ण भएका विद्यार्थीहरूलार्इ भिक्षु बुद्धपियाेको सभापतित्व तथा नेपाल बाैद्ध परियत्ति केन्द्का केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरकाे प्रमुख अातिथ्यत्वमा २०७१ श्रावण २५ गते प्रेरणा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा सलिना महर्जन, शिलु महर्जन बाट परियत्ति सम्बन्धमा अाफ्नो अनुभव भनेका थिए भने कार्यक्रम संचालन जयन्ती महर्जनबाट गरिएका थिए ।